नियम ११५
कार्बन व्यापारबाट प्राप्त रकमको बाँडफाँट
(१) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कोषमा जम्मा भएको जलवायु परिवर्तन अनुकूलन र कार्बन सञ्चिति तथा उत्सर्जन न्यूनीकरणबाट प्राप्त लाभको बाँडफाँट देहाय बमोजिम हुनेछः

(क) कोषको व्यवस्थापनको लागि -दश प्रतिशत (ख) वन व्यवस्थापनमा संलग्न

निकाय वा उपभोक्ता समूहको

लागि -असी प्रतिशत (ग) कार्यक्रम क्षेत्रभित्र रहेका निजी वन धनीका लागि -पाँच प्रतिशत (घ) उपभोक्ता समूहमा नरहेका वनमा आश्रित घरघुरीका लागि -पाँच-प्रतिशत

(२) उपनियम (१) को खण्ड (ख) बमोजिमको उपभोक्ता समूहलाई प्राप्त हुने रकम कार्बन उत्सर्जन न्यूनीकरण कार्यक्रम सम्बन्धी दस्तावेजमा उल्लेख भएको कार्यक्रममा खर्च गर्नु पर्नेछ।

(३) उपनियम (१) को खण्ड (ख) बमोजिमको वन व्यवस्थापनमा संलग्न निकायलाई, प्राप्त हुने रकम कार्बन उत्सर्जन न्यूनीकरण कार्यक्रम सम्बन्धी दस्तावेजमा समावेश भई समितिबाट स्वीकृत कार्यक्रममा खर्च गर्नु पर्नेछ।